प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती

June 01, 2020

नेपालभारत सीमामा रहेका७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवाउपलब्ध गराउने लक्ष्य सहितप्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमाल्याएको छ । झापााको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले आजदेखि एक्स्टेन्सन काउण्टरहरुसञ्चालनमाल्याई सेवाप्रारम्भ गरेको छ । 
 
भन्सार विभागकामहानिर्देशकश्रीतोयम रायाज्यूबाट एक समारोहकाविचबैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्यभन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धितभन्सार कार्यालयका प्रमुखज्यूहरुबाट समुद्घाटन भएको हो । 
 
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमाआएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धितभन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमाआयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राहीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलनप्रक्रियामापनि टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 
 
धन्यवाद!